२०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुगेपछि अस्तव्यस्त बनेको राष्ट्रिय पुस्तकालयको आफ्नै भवन आजसम्म बन्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले २ वर्षअघि जमलमा पुस्तकालय भवन बनाउने निर्णय गरेपनि केही महिनाअघि ओलीकै मन्त्रिपरिषद्ले उक्त निर्णयलाई रोक्का राखेपछि भवन बन्न नसकेको हो ।
भूकम्पले क्षति पुर्याएर भवनमा रेड स्टिकर टाँसिएपछि बोरामा कोचिएका पुस्तक र्याकसम्म त पुगेका छन्, तर व्यवस्थित हुन सकेका छैनन् ।
अहिले पुस्तकालयको प्रशासनिक काम हरिहर भवन ललितपुरबाट हुन्छ । पुस्तकहरू हरिहर भवनकै बाल शाखा र सानो गौचरण गरी दुई स्थानमा राखिएको छ ।
आफ्नै भवन नबन्दासम्मका लागि सानोठिमी भक्तपुरमा अन्तरिम पुस्तकालय निर्माण भइरहेको पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले बताए ।
गौरवको विषय बन्नुपर्ने राष्ट्रिय पुस्तकालय भवन निर्माणमा राज्यको नै उदासीनता देखिएको छ ।
सरकारले तत्काल बाधा अड्काउ नफुकाउने हो भने राष्ट्रिय पुस्तकालयको यो बेहाल वर्षौं कायम रहने देखिन्छ ।
हेर्नुहोस्, भिडियो रिपोर्ट :
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।