अमेरिकी संसद्को तल्लो सदनमा डेमोक्रेटिक पार्टीका लगभग तीन दर्जन सांसदहरूले राष्ट्रपति जो बाइडनलाई एक पत्र लेखेर आणविक हतियार चलाउने एकाधिकार त्याग्न आग्रह गरेका छन् ।
तर राष्ट्रपतिले कमान्डर इन चीफको हैसियतमा आणविक हतियार चलाउने एकाधिकार परित्याग गर्ने प्रतिज्ञा गरेछन् भने भविष्यका राष्ट्रपतिहरूबाट पनि यो अधिकार खोसिने सम्भावना रहन्छ ।
‘एकजना व्यक्तिलाई मात्र यो अधिकार दिँदा जोखिमपूर्ण हुन्छ,’ सांसद जिम्मी पानेत्ताको पत्रमा उल्लेख गरिएको छ । ‘विगतका राष्ट्रपतिहरूदे अन्य मुलुकलाई आणविक हतियारबाट आक्रमण गर्ने धम्की दिएका छन् र अधिकारीहरूलाई चिन्ता हुने गरी व्यवहार देखाएका छन् ।’
बाइडनलाई आणविक कमान्ड यान्ड कन्ट्रोलको संरचनामा नियन्त्रण तथा सन्तुलन गर्न आफूले आह्वान गरेको पनि उनले बताए ।
डेमोक्रेट सांसदहरूले आणविक हतियारमा एकाधिकारका केही विकल्पहरू प्रस्तुत गरेका छन् । जस्तो, उपराष्ट्रपति र हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुखले आणविक हतियार चलाउन राष्ट्रपतिसँग सहमति जनाउनुपर्ने प्रावधान ल्याउन सकिन्छ ।