०५ असार २०८३, शुक्रबार

सर्वोच्चको फैसलाबारे यस्तो आयो भारतको प्रतिक्रिया

फागुन १४, २०७७
सर्वोच्चको फैसलाबारे यस्तो आयो भारतको प्रतिक्रिया

भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने प्रश्नमा प्रवक्ता अनुराग श्रीवास्तवले त्यस्तो बताएका हुन् ।

'हामीले २३ फेब्रुअरीको नेपालको सर्वोच्च अदालतको फैसलालाई हेरेका छौं । हामीले विगत केही महिनादेखि नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौं । हामीले पहिले पनि भन्दै आएको यो नेपालको आन्तरिक मामिला हो,' प्रवक्ता श्रीवास्तवले भने । साथै उनले यसअघि जस्तै नेपालले यस किसिमका आन्तरिक विषयलाई आफ्नो लोकतान्त्रिक पद्धति र प्रणालीमार्फत निर्णय गर्नेमा भारतको विश्वास रहेको समेत बताए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्