०९ असार २०८३, मंगलबार

सगरमाथा चढ्न तीन सयको बुकिङ

फागुन १४, २०७७
सगरमाथा चढ्न तीन सयको बुकिङ

कोरोना सङ्क्रमणका कारण  गत  वर्ष  मुख्य  सिजनमै  असर  बेहोरेको नेपालको  पर्वतारोहणमा  यस  वर्ष  भने  सुधारको सङ्केत  देखिएको  छ।  विदेशी  पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका  कारण  अन्य  पर्यटकीय  गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ।

 नेपालको  पर्वतारोहणमा  मुख्य  सिजन  मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको  नेपाल  पर्वतारोहण  सङ्घका  पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताए । उनका अनुसार अहिलेसम्म  वसन्तयाममा  सगरमाथा  आरोहणका लागि   तीन   सय   जना   आरोहीहरूले   बुकिङ गरिसकेका छन्। पर्वतारोहणका  लागि  तुलनात्मक  रूपमा लामो  समय  खर्चिनुपर्ने  भएकाले  क्वारेन्टिनको प्रावधान  यसका  लागि  त्यति  बाधक  नहुँदा पनि  आकर्षण  बढेको  शेर्पाको  भनाइ  छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्