२५ जेठ २०८३, सोमबार

सिरियामा अमेरिकी हवाई कारबाही, इरान समर्थक १७ लडाकू मारिए

फागुन १४, २०७७
सिरियामा अमेरिकी हवाई कारबाही, इरान समर्थक १७ लडाकू मारिए

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ ।

इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । 

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गर्नु भएको छ  । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्