बलिउड अभिनेत्री दीपिका पादुकोण एक रेस्टुराँबाट निस्कँदै गर्दा एक महिलाले उनको झोला तानेकी छन् । ती महिलाले दीपिकालाई टिस्यु बेच्न खोजेकी थिइन् ।
बिहीवार अबेर राति दीपिका खारमा रहेको रेस्टुराँमा देखिएकी थिइन् । प्रशंसकहरू उनलाई देखेर उत्साहित भएका थिए ।
उनी प्रशंसकहरूको भीड छल्दै बल्लबल्ल आफ्नो गाडीमा बसेकी थिइन् ।
कालो डेनिम र ह्वाइट टपमा देखिएकी दीपिका प्रशंसकहरूको भीडभाड देखेर आत्तिइनन् र मुस्कुराइरहिन् ।
तर उनको झोला तानिएपछि चाहिँ उनी अलिक चिन्तित बनिन् ।
एजेन्सी