![आफूलाई विपक्षी बनाइएको रिटमा सभामुखको जवाफ– संवैधानिक नियुक्तिमा म पनि सहमत छैन [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Agni_Sapkota_1_SPWM0eZPIH.jpg)
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्तिमा आफू पनि असहमत रहेको बेहोरासहितको जवाफ सर्वोच्च अदालतसमक्ष पेश गरेका छन् ।
संवैधानिक परिषद्का सदस्य समेत रहेका सभामुख सापकोटालाई पनि विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले जवाफ मागेपछि सभामुख सापकोटाले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरेका हुन् ।
'संवैधानिक पदमा गरिएको नियुक्ति शपथ तथा पदभार ग्रहण समेतका सम्पूर्ण निर्णय पत्र कार्यहरू उत्प्रेषणको आदेशले बदर गर्न र अब आइन्दा त्यसो नगर्न परमादेशको आदेश जारी गरि पाउँ भन्ने समेत बेहोराको निवेदन सम्मानित सर्वोच्च अदालतसमक्ष पेश गरिसकेको अवस्था छ,' सभामुख सापकोटाले लेखेका छन्, 'म संवैधानिक नियुक्ति पाएका पदाधिकारीहरूको सिफारिश तथा नियुक्ति प्रक्रियामा असहमत रहेको व्यहोरा सम्मानित अदालत समक्ष अनुरोध छ ।'
नियुक्तिसम्बन्धी सिफारिश गर्ने संवैधानिक परिषद्को मंसिर ३० को निर्णय नै दूषित र कपटपूर्ण रहेकाले ती निर्णय बदरभागी रहेको पनि उनले उल्लेख गरेका छन् ।
अख्तियारसहितका संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धका रिटहरू सर्वोच्चमा विचाराधीन छन् ।
यस विषयमा सभामुख सापकोटा स्वयंले समेत रिट दायर गरेका छन् ।
हेर्नुहोस्, सभामुखको जवाफ (पूर्णपाठ) :


