
काठमाडौं, ७ जेठ– वैशाख ३१ मा सम्पन्न पहिलो चरण अन्तर्गतको स्थानीय चुनावको मतपरिणाम लगभग सार्वजनिक भएको छ ।
महानगरपालिकाको मतगणनाको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ । करिब २० वर्षपछि भएको स्थानीय निर्वाचनको पहिलो चरणमा एमाले पहिलो हुने लगभग पक्का भएको । यसअघि २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा पनि एमालेले पहिलो स्थान हात पारेको थियो ।
यसपटकको निर्वाचनमा त्रिपक्षीय भिडन्तमा नतिजा आएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र बीचमा । तीन दलबीच प्राय स्थानमा भएको तिव्र प्रतिस्पर्धामा धेरै स्थानमा एमालेले बाजी मारेको छ ।
यो निर्वाचनको मतपरिणममा केही रोचकता देखिएको छ । दलहरुले आफ्नो गढको रुपमा लिने गरेको स्थान ढलेका छन् वा परिवर्तन भएका छन् । त्यस्तै पार्टीका प्रभावशाली नेताकै गृह जिल्ला वा स्थानीय तहमा अर्को पार्टीले जित हात पार्दा उनीहरुले आलोचना खेप्नु परेको छ ।
कांग्रेसका प्रभावशाली नेताकै वडामा हार नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व अर्थमन्त्री रामशरण महत, वर्तमान परराष्ट्र मन्त्री प्रकाश शरण महतको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै अर्जुन नरसिंह केसीको क्षेत्र बेलकोटगढीमा एमालेले मेयर तथा उपमेयरमा माओवादी केन्द्रले जित निकालेको छ भने नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले नराम्रोसँग हार वेहोरेको छ ।
माओवादी किल्लामा कांंग्रेसको रुख !पहिलो संविधानसभा निर्वाचन कै सवैभन्दा बढी भोट ल्याएको माओवादीले दुवै संविधान सभा निर्वाचनमा गोरखाका तीनवटै क्षेत्रमा जित हात पारेको थियो । तर, माओवादीको लाल किल्ला मानिएको उक्त क्षेत्रमा अहिले कांग्रेसले ११ मध्ये ९ स्थानीय तहमा जित निकाल्दै आफ्नो झण्डा गाडेको छ । जसलाई गोरखामा माओवादीको जनाधार गुमेको रुपमा लिइएको छ ।
नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई माओवादीबाट अलग्एिसँगै माओवादीको भोट बाडिएको र त्यसको फाइदा कांग्रेसले लिएको जिल्लामा चर्चा हुने गरेको छ । २०३६ सालबाट गुमाएको आफ्नो शाख कांग्रेसले फिर्ता गरेको छ ।
बाबुराम भट्टराईको समेत विशेष चासो रहेको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ भने गारखा नगरपालिकामा समेत नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसको गढमा एमालेको झण्डा कांग्रेको गढको रुपमा लिइने गरिएको काभ्रेमा यसपटकको निर्वाचनमा फरक नतिजा सार्वजनिक भएको छ । काभ्रेका ५ नगरपालिका मध्ये ४ मा एमालेले बाजी मार्दा एकमा कांग्रेसले बाजी मारेको छ ।
२५ वर्षदेखि कांग्रेसको विरासतको रुपमा रहेको बनेपा नगरपालिका यसपटक कांग्रेसको हातबाट फुत्किएको छ । २०४९ र २०५४को स्थानीय निकायको निर्वाचनमा जित हात पारेको नेपाली कांग्रेस यसपटक पराजित भएको हो । यस्तै पनौती नगरपालिका पनि नेपाली कांग्रेसको गढको रुपमा लिइन्थ्यो तर यसपटकको निर्वाचनमा एमालेले कांग्रेको गढ ढालेको छ ।
पाचखालमा कांग्रेस
कम्युनिष्ट पार्टीको गढको रुपमा रहेको पाँचखालमा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले बाजी मारेको छ । नगरपालिका हुनु पूर्वका गाविसहरु गाभिएर बनेको पाँचखालमा यसअघिको स्थानीय निकायको चुनाव एमालेले जितेको थियो ।
शशांकको क्षेत्रमा एमालेको कव्जानेपाली कांग्रेका महामन्त्री शशांक कोइरालाले विशेष चासोको रुपमा लिएको गैडाकोट नगरपालिकामा एमालेले जीत हात पारेको छ ।
यसअघि कांग्रेको गढको रुपमा रहेको नगरपालिकामा एमालेका छत्र पौडेलले ११३०२ मत ल्याए भने नेपाली कांग्रेसका राजेन्द्र आलेले ११०७८ मत पाएका छन् ।