
काठमाडौं, ७ जेठ — इन्डियन प्रिमियर लीग क्रिकेट प्रतियोगिताको यस वर्षको फाइनलमा आइतवार राइजिङ पुने सुपरजायन्ट्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

हैदराबादमा हुने यो खेलमा मुम्बई र पुनेबीच कडा प्रतिस्र्धा हुने अपेक्षा गरिएको छ । मुम्बईले दुईचोटि आईपीएल जितिसकेको छ भने राइजिङ पुने पहिलोचोटि फाइनलमा पुगेको हो । यो खेलपछि त पुनेको अस्तित्व नै रहनेछैन ।
लीगमा दुईचोटि अनि पहिलो क्वालिफायरमा समेत पुनेले मुम्बईलाई हराएकाले उसलाई मनोवैज्ञानिक फाइदा भने छ ।
एजेन्सी