कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
फागुन १४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफूनिकट सांसदहरूलाई सरकार नफेरिनेमा 'ढुक्क' हुन आग्रह गरेका छन् ।
शुक्रवार बिहानैदेखि आफूनिकट सांसदहरूलाई ओलीले बालुवाटार डाकेका थिए ।
छलफलमा सहभागी सांसदहरूलाई अदालतले प्रधानमन्त्री छोड भनेर आदेश नदिएको बताए । सर्वोच्चले संसद मात्र पुनःस्थापना गरिदिएको तर प्रधानमन्त्रीको कुर्ची नखोसेको उनको तर्क थियो ।
छलफलमा सहभागी एक सांसदले लोकान्तरसँग भने, 'हामीले बाहिर नैतिकताको प्रश्न उठेको छ भनेर भन्दा प्रधानमन्त्रीले अदालतले प्रधानमन्त्री छोड्नुपर्छ भनेर निर्णय गरेको छ र भन्दै मलाई उल्टो प्रश्न गर्नुभयो ।'
ओलीले राजीनामा आफ्नो शब्दकोशमा नरहेकोसमेत बताएका थिए । 'मलाई हटाउन खोजे मैले प्रतिवाद गर्नुपर्छ, राजनीतिक धर्म यही हो,' ओलीको भनाइ थियो ।
'कुनै हालतमा राजीनामा दिन्न, राजीनामा मेरो शब्दकोषमा छैन । यतिबेला राजीनामा दिनु भनेको जिम्मेवारीबाट पन्छिनु हो । तपाईंहरू ढुक्क हुनुहोस्, यही सरकार निरन्तर चलिरहन्छ,' ओलीको भनाइ उदृत गर्दै बालुवाटार छलफलमा सहभागी ती सांसदले लोकान्तरसँग भने ।
शुक्रवार बिहानैदेखि बालुवाटारमा सांसदहरूको आउजाउ बाक्लो थियो । ओलीले काठमाडौँमा उपलब्ध भएका सबै प्रदेशका सांसदहरूसँग सामूहिक र एक्लाएक्लै भलाकुसारी गरेका थिए ।
सांसदहरूसँग कुरा गर्दा ओलीले मुख्यतः तीन विषयमा जोड दिएका थिए । पहिलो हो संसद बैठक छिटै आह्वान गर्ने । दोस्रो अविश्वासको प्रस्ताव आएमा संसद फेस गर्ने । तेस्रो कुनै पनि हालतमा अर्को सरकार बनाउन नदिने ।
ओलीले यसबाहेक प्रचण्ड-नेपाल समूहमा रहेका सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने रणनीति पनि बनाएका छन् ।
'तपाईहरूले पनि मेहेनेत गर्नुस्, उता रहेका साथीहरूलाई यता ल्याउनुपर्छ । कम्युनिस्ट आन्दोलनको मूलधार हामी नै हौँ,' ओलीले सांसदहरूसँग भनेका थिए ।
ओलीले निर्वाचन आयोगमा विचाराधीन रहेको नेकपाको आधिकारिकता विवाद हल नहुने बेलासम्म आफूलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
ओलीले भने, 'दल विभाजन भइहाल्यो भने बल्ल बहुमतको सरकार बन्ने दिशातर्फ देश अघि जाला, त्यसअघि म हट्नुपर्ने कुनै कारण छैन । म आफ्नो कर्तव्यबाट विचलित हुन चाहन्न ।'
विभिन्न प्रदेश र जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटार बोलाएर ओलीले छलफल गरेका हुन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूलाई भने ओलीले होटेल याक एण्ड यतिमै पुगेर ब्रिफिङ गरेका थिए ।
छलफलका क्रममा केही सांसदहरूले संसद पुनःस्थापना गर्ने अदालतको फैसलापछि राजीनामा नदिएपछि बाहिर नैतिकताको प्रश्न उठ्न थालेको भन्दै असन्तुष्टि प्रकट गरे ।
त्यसको प्रतिवाद गर्दै ओली कड्किए, 'के हो यो नैतिकता भनेको ? अदालतले संविधानको व्याख्या गरिदियो, त्यो ठीक छ । मैले गर्ने राजनीतिक निर्णय हो । मैले कुर्ची छाड्दैमा राजनीतिक निकास निस्केला भन्ने ठान्नुभएको छ भने त्यो गलत हो ।'
छलफलमा सहभागी एक सांसदले लोकान्तरसँग भने, 'हामीले बाहिर नैतिकताको प्रश्न उठेको छ भनेर भन्दा प्रधानमन्त्रीले अदालतले प्रधानमन्त्री छोड्नुपर्छ भनेर निर्णय गरेको छ र भन्दै मलाई उल्टो प्रश्न गर्नुभयो ।'
ओलीले नेकपाको संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
केही दिनमा प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाउने संकेत गरेका छन् ।
ओली पक्षीय सांसद नारदमुनी रानाले लोकान्तरसँग भने, 'अदालतको फैसलाको सम्मान गर्ने, संसद बैठक आह्वान गर्ने र त्यो भन्दा अगाडि संसदीय दलको बैठक बोलाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो ।'
मकवानपुरबाट प्रतिनिधित्व गर्ने कृष्णप्रसाद दाहालले भने आफूहरूलाई शनिवार बोलाइएको जानकारी दिए ।
'आज अन्य सांसदहरूसँग छलफल गर्नुभएको रहेछ,' दाहालले लोकान्तरसँग भने, 'हामीलाई भने भोलि बोलाउनु भएको छ ।'
दाहालले पार्टी एकताका बारेमा कुरा राख्ने आफ्नो तयारी रहेको बताए ।
नेकपामा अहिले ८० को हाराहारीमा सांसदहरू ओलीतर्फ देखिएका छन् । यतिले संसदीय दलमा ओलीको बहुमत पुग्दैन । त्यसैले ओलीले आफ्नो पक्षमा रहेका सांसदलाई एकढिक्का राख्ने र प्रचण्ड-नेपाल पक्षका सांसदलाई फकाउने रणनीति अख्तियार गरिरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...