०२ असार २०८३, मंगलबार

निर्वाचन आयोगले ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्छः प्रचण्ड

फागुन १४, २०७७
निर्वाचन आयोगले ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्छः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्ने सक्ने बताए ।

‘केपी ओलीले पार्टी विभाजन गरिसक्नुभयो । हामीले पार्टी हित विपरित गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्कासित गरिसक्यौँ । हाम्रो पक्षमा दुई तिहाइ रहेको निर्वाचन आयोगलाई पनि जानकारी गराइसक्यौं । अब अर्को पार्टी खोलेर जाउ भन्न सक्छ निर्वाचन आयोगले’, प्रचण्डको भनाइ छ ।

शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले आयोगले सर्वोच्च अदालतको फैसलाको नजिर, ऐन, नियम र संविधानअनुसार आफुहरुकै पक्षमा निर्णय लिने विश्वास व्यक्त बताए ।
‘जबरजस्ती गर भनेर हामी भन्दैनौ तर हामीसँग दुई तिहाइ छ । फेरि यताउती गर्ने कुराले राम्रो गर्दैन । सर्वोच्चले जसरी नजिर खडा गर्यो, आयोगले पनि संविधान र कानुनअनुसार गर्छ भन्ने विश्वास सँगै आयोगसामु आमरुपमा विश्वास दिलाउने अवसर पनि हो’, प्रचण्डले भने ।  

salt training

कमेन्ट गर्नुहोस्