२९ असार २०८३, सोमबार

केपी ओलीले नैतिकताको ‘न’ पनि देखाएछन्, संसदले हटाउँछः प्रचण्ड

फागुन १४, २०७७
केपी ओलीले नैतिकताको ‘न’ पनि देखाएछन्, संसदले हटाउँछः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलापछि पनि केपी ओलीले नैतिकताको ‘न’ पनि नदेखाएको बताएका छन् । आफूहरुले पार्टी र संसदीय दलबाट ओलीलाई हटाइसक्दा पनि ओलीले ‘संसदमै फेस गर्ने बताइसकेको भन्दै प्रचण्डले कटाक्ष गरे ।

उनले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कुनै कानुनी अड्चन नआउने पनि जिकिर गरे । शुक्रबार राति एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रचण्डले भने, ‘संसदको बहुमतले हटाउने हो ।’
पार्टीभित्र आफूहरुले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिनै सकेको भन्दै प्रचण्डले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको दुनियाँलाई र कानुनलाई समेत थाहा भएको बताए । ओलीले जबरजस्ती गरिरहेकाले अब संसदको बहुमतले नै ओलीलाई हटाउने प्रचण्डको जिकिर छ ।

salt training

कमेन्ट गर्नुहोस्