२७ जेठ २०८३, बुधबार

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

फागुन १५, २०७७
आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा आगामी फागुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।

यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुन लागेको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने एअरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।


उक्त प्रतियोगितामा रजिष्टे«शन शुल्कमार्फत सङ्कलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने एअरलायन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्