१२ असार २०८३, शुक्रबार

‘बच्चन पाण्डे’मा ज्याकलिन

फागुन १५, २०७७
‘बच्चन पाण्डे’मा ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकाएकी छन्। जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन गरेकी हुन्। अहिले युनिट मुम्बई फर्किएको छ।

फिल्ममा ज्याकलिनको साथमा कृति सेनन पनि छिन्। दुई नायिका रहेको खबर बाहिरिएपछि यो फिल्ममा अक्षयको जोडी को हो भन्ने चासो सुरु भएको छ।

सूत्रका अनुसार दुवै नायिकासँग अक्षय कुमार रोमान्स गर्दै देखिएका छन्। ‘ज्याकलिनको प्रवेश अक्षयको विगत स्मरण गर्दै हुन्छ। अक्षयको जवानीमा ज्याकलिन साथमा हुन्छिन्। अक्षय जुँगा पालेको गेटअपमा ज्याकलिनसँग रोमान्स गर्दै देखिने छन्। यो जोडीमाथि एउटा गीत पनि खिचिएको छ’, सूत्रले भन्यो।

कृतिको भूमिका अक्षयको वर्तमानमा छ। कृतिसँग अक्षय दाह्री पालेको गेटअपमा देखिएका छन्। ज्याकलिन र अक्षय कसरी अलग भए भन्ने कुरा भने सस्पेन्स छ। फिल्मको निर्देशन फरहाद सामजीले गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्