×

NMB BANK
NIC ASIA

पोखराको फेवाताल नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । पोखरा र फेवाताल एकअर्काका पर्यायवाची नै हुन् ।

Sagarmatha Cement
Muktinath Bank

ड्याम मर्मतका लागि अघिल्लो महिना घटाइएको पानीको सतहले चर्चा पाइरहँदा अहिले नयाँ क्षेत्रफलको चर्चा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालको क्षेत्रफल ४ दशक अघिकै हाराहारीमा अर्थात् ११ हजार २५५ रोपनी क्षेत्रफल कायम भएको छ ।
 
कास्कीका तत्कालीन जिल्ला विकास समिति सभापति पुण्य पौडेल संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समितिले ३ महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदनअनुसार तालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटर अर्थात् ११ हजार २५५ रोपनी क्षेत्रफल बनाउनुपर्ने गरी सरकारलाई सुझाव दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले प्रतिवेदन पारितका लागि अघिल्लो हप्ता मन्त्रिपरिषद्मा पेश गरेकोमा सोबारे निर्णय भए पनि सार्वजनिक हुन बाँकी छ । समितिले पनि प्रतिवेदन केही दिनमै सार्वजनिक गर्ने जनाएको छ ।

Vianet communication
Laxmi Bank

फेवातालको चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समिति संयोजक पौडेलसहित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, नापी कार्यालय कास्कीका प्रमुख एवं समिति सदस्यसचिव इञ्जिनियर खिमलाल गौतम सम्मिलित टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन पेश गरेको हो । तालबारे हालसम्म फरक–फरक ११ वटा क्षेत्रफल निस्केका छन् तर आफूले तयार पारेको प्रतिवेदन वैज्ञानिक रहेको समितिको दाबी छ ।

अब पटक–पटक तालको सिमांकन गरिरहन जरुरत नपर्ने संयोजक पौडेलले बताए । अब ताल संरक्षणमा निकै सहज हुने विश्वास समितिको छ ।

पोखरा महानगरपालिकाका मेयर जिसीले समितिले निर्धारण गरेको तालको क्षेत्रफल भित्रको जग्गा छानबिन हुने बताए । उनले यसबारे थप अध्ययनको बाटो खुलेको र क्षेत्रफलभित्र दूषित जग्गा भए/नभएको हेर्ने बताए ।

उनी भन्छन्, ‘लालपूर्जा भएका जग्गाको पनि छानबिन हुन्छ र ताल संरक्षणसँगै विकासको गुरुयोजना अगाडि बढ्ने छ ।’

आजभन्दा झण्डै १० वर्षअघि गरिएको अध्ययन अनुसार तालको क्षेत्रफल १२ हजार ८७४ रोपनी कायम थियो । तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोकत्वमा गठित आयोगले गरेको अध्ययन अनुसार तालको क्षेत्रफल १२ हजार ८७४ रोपनी तोकिएको थियो ।

सो प्रतिवेदन त्यसबेलाका प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष बुझाइएको थियो । प्रतिवेदन अनुसार सो क्षेत्रफलमध्ये ९ हजार ९५५ रोपनी पानीले ढाकेको क्षेत्रफल थियो । 

२०३८ सालमा यूएनडीपीले गरेको अध्ययनमा तालको क्षेत्रफल ११ हजार ४०० रोपनी भनी उल्लेख थियो । हालको समितिको अध्ययन प्रतिवेदनमा यूएनडीपीको प्रतिवेदन हाराहारीमा क्षेत्रफल निस्केको छ । जसमा बर्खायामको पानी र दलदले जमिन पनि तालको नयाँ क्षेत्रफल सम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएको समिति संयोजक पौडेलले बताए । बर्खामा भरिएको तालको पानीको किनार, ड्यामको उचाइको तह, स्याटेलाइट इमेज, स्थानीयको अनुभव, भू–भौतिक विधिसहित पहिलेका प्रतिवेदनलाई आधार मानिएको उनले बताए । 

२०७५ वैशाखमा सर्वोच्च अदालतले संघ, प्रदेश र स्थानीय तहको सरकारका नाममा तालको सीमांकन, संरक्षण र सरसफाइका लागि फैसला गरेको थियो । फैसला कार्यान्वयनकै सिलसिलामा कोरोना महामारीले लकडाउन कायम हुँदा पोखरा महानगरपालिकाको अर्को प्रतिवेदन तयार पारेको थियो ।

सो प्रतिवेदनअनुसार तालको मापदण्डको जग्गा र संरचनाको मुआब्जामा मात्रै ३० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । हालको समितिले सोही प्रतिवेदन आधार बनाएर विस्तृत अध्ययन गरेको हो ।

२०३१ जेठ २० गते तयार पारिएको मालपोत कार्यालय कास्कीको फिल्डबूकमा फेवातालको नाममा जग्गा रहे पनि क्षेत्रफल उल्लेख छैन । यसरी विभिन्न अध्ययन प्रतिवेदन आधारमा फेवातालको क्षेत्रफल तोकिने गरिएको हो । नेपालमा २०३२ सालदेखि मात्र नापी शुरू भएको हो । 

फेवाताल संरक्षणका लागि २०१९ सालमा बाँध बाँधिएको थियो । अहिले ड्याम मर्मतका लागि पानीको घटाइएको छ । पानीको सतह घट्दा ताल बिरूप बनेको छ । २०३१ सालमा तालको बाँध भत्किएपछि २ वर्षसम्म कतिपयले मौका छोपेर व्यक्तिको नाममा जग्गा दर्ता गरेका थिए । पछि २०३५ सालमा पुनः बाँध मर्मत गरिएको थियो । बाँध र नहर मर्मतका लागि २ करोड रुपैयाँ लाग्ने र आगामी २ महिनाभित्रै मर्मत भइसक्ने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x