०५ असार २०८३, शुक्रबार

ओलीमाथि प्रचण्डको टिप्पणी : उहाँ अब हाम्रो रहनुभएन, अर्को वर्गमा पतन हुनुभयो

फागुन १५, २०७७
ओलीमाथि प्रचण्डको टिप्पणी : उहाँ अब हाम्रो रहनुभएन, अर्को वर्गमा पतन हुनुभयो
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले आफूलाई महाराजधिराज नै ठानेको टिप्पणी गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू नेतृत्वमा पुग्नका लागि प्रधानमन्त्री ओलीले जस्तो सुकै सम्झौता गर्ने तर कार्यान्वयन कहिले नि नमान्ने गरेको समेत बताए । 

उनले प्रधानमन्त्री ओलीले आफूविरुद्ध भएको आलोचना सहन नसक्ने, मैदानमा आउन नचाहने जस्ता प्रवृत्ति रहेको भन्दै ओली पनि अर्को वर्गमा पतन भएको बताए । 

उनले भने, ‘अब उहाँ हाम्रो वर्गमा अब पर्नुभएन, अर्को वर्गमा पतन हुनुभयो ।’


 

salt training

कमेन्ट गर्नुहोस्