०८ असार २०८३, सोमबार

धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेस नेतृ मोनिताको उम्मेदवारी घोषणा

कात्तिक २०, २०७४
धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेस नेतृ मोनिताको उम्मेदवारी घोषणा

काठमाडौं, ७ जेठ
–कांग्रेस नेतृ मोनिता घिमिरेले धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सुनसरी कांग्रेसका सभापति राजीव कोइरालासमेतलाई पत्र लेखेर मनिताले उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दावी गरेकी हुन् ।

मनिताले माओवादीसँग चुनावी तालमेल गरिएकोमा पार्टी नेतृत्वको कडा आलोचना पनि गरेकी छिन् । तालमेलले जनतामा पार्टीप्रति अविश्वासको वातावरण सृजना गरेको उनले बताएकी छिन् ।

कांग्रेसले महिलालाई अधिकांश ठाउँमा उपप्रमुखमा मात्र उम्मेदवार बनाएको तर प्रमुखमा ‘बाइपास’ गरेकोमा मोनिताले आक्रोस व्यक्त गरेकी छिन् । ‘यो गल्ती सच्याउन पनि म धरान उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदावर बनाउन पार्टीसँग विनम्र आग्रह गर्दछु,’ उनले भनेकी छिन् ।

कांग्रेसले रचनात्मक आक्रामकताको नीति लिन आवश्यक रहेको उनको भनाई छ । धरानसहितका प्रमुख र धेरै मतदाता भएका स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाउनुपर्ने उनको दावी छ ।

धरानलाई देशकै उत्कृष्ट गन्तव्य बनाउने दृष्टिकोण आफूसँग रहेको उनको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्