०५ असार २०८३, शुक्रबार

ओली र प्रचण्ड-नेपालबीच फेरि सम्भव होला एकता ?

फागुन १६, २०७७
ओली र प्रचण्ड-नेपालबीच फेरि सम्भव होला एकता ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।

नेपालले पनि केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताए । ओलीसँगको सहकार्यको सम्भावना नरहेको बरु संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने उनले बताए । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्