३१ जेठ २०८३, आइतबार

हाइड्रोजनबाट सवारी साधन चलाइने

फागुन १६, २०७७
हाइड्रोजनबाट सवारी साधन चलाइने
फाइल तस्बिर


काठमाडौं । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडाँै विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।  यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ ।

केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ । कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छ । विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नितीगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण गर्नेसम्मको योजना यसमा बनाइएको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्