भारतका कतिपय भिखारीहरूले जागिर खाने मान्छेको भन्दा बढी पैसा कमाउने गरेका छन् ।
यहाँ हामी त्यस्ता पाँच भिखारीको चर्चा गर्दैछौं । यी धनाढ्य भिखारीसँग अपार्टमेन्टमा फ्ल्याट, सम्पत्ति, बैंक ब्यालेन्स छ ।
भरत जैन
जैन मुम्बईको परेल क्षेत्रमा माग्दै हिँड्छन् । उनका दुई फ्ल्याट छन् र प्रत्येकको मूल्य ७० लाख भारु छ । अर्थात् एक करोड ४० लाखको सम्पत्ति त छँदैछ । अनि महिनैपिच्छे उनी भिख मागेरै ७५ हजार भारु कमाउने गर्छन् ।
लक्ष्मी
दोस्रो नम्बरमा रहेकी लक्ष्मी कोलकातामा सन् १९६४ देखि माग्दै आइरहेकी छन् । मागेरै उनले लाखौं कमाइसकेकी छन् । लगभग सबै बैंकमा उनको खाता छ । महिनाको कम्तीमा ३० हजार रुपैयाँ उनी मागेरै कमाउँछिन् ।
गीता
धनी भिखारीमा गीता तेस्रो नम्बरमा छिन् । उनी मुम्बईको चरनी रोड नजिक भिक्षा माग्छिन् । मागेको पैसाबाट उनले फ्ल्याट किनेकी छन् । महिनाको कम्तीमा ४५ हजार रुपैयाँ उनी मागेरै कमाउँछिन् ।
चन्द्र आजाद
दिवंगत चन्द्रको घर गोवन्डीमा छ अनि बैंकमा ८ लाख ७७ हजार भारु पनि छ । सन् २०१९ मा रेल दुर्घटनामा मृत्यु भएपछि उनको सम्पत्ति मुम्बई प्रहरीले पत्ता लगाएको थियो ।
पप्पु
बिहारको पटनास्थित रेल प्ल्याटफर्ममा भिक्षा माग्ने पप्पु पनि धनी भिखारी हुन् । एक दुर्घटनामा गोडा गुमाउनुपरेपछि उनले रेलवे स्टेसनमा भिक्षा माग्न थालेका हुन् । उनीसँग लगभग १ करोड २५ लाख भारुको सम्पत्ति रहेको बताइएको छ ।