
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले मुलुकमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भएको बताएकी छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नागरिकहरू अनैतिक शासक र अनैतिक व्यक्तिबाट शासित हुन विवश भएको बताएकी हुन् ।
उनले लेखेकी छन्, 'हामी त्यस्तो देशको नागरिक हौं। जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं।'
हामी त्यस्तो देशको नागरीक हौं। जुन देशमा अनैतिक शासक र ब्यक्तिबाट शासित हुन विवश छौं।
— Ram kumari Jhakri (@Jhakri_didi) February 28, 2021