१३ असार २०८३, शनिबार

शुरूवाती समयमै शेयर बजारमा पहिरो,  निफ्राको शेयरमूल्य निरन्तर घट्दै

फागुन १६, २०७७
शुरूवाती समयमै शेयर बजारमा पहिरो,  निफ्राको शेयरमूल्य निरन्तर घट्दै

साताको पहिलो दिन आइतवार कारोबार शुरू भएको शुरूवाती समयमै बजारमा पहिरो गएको छ । 

समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३५.४५ अंकले घट्दै २५१८.६८ विन्दुमा झरेको छ । 

नेप्से घट्दा चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । यस कम्पनीको शेयर मूल्य ९.८१ प्रतिशत बढ्दै ४ सय १४ रुपैयाँ पुगेको छ । 

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्य २२ रुपैयाँ घट्दै ५ सय २१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस बैंकको शेयर मूल्य ५ सय ४३ रहेको थियो । 

समाचार तयार पार्दासम्म कुल १ सय ९१ कम्पनीको २६ लाख ७६ हजार २ सय २८ कित्ता शेयर खरिदबिक्री भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्