
हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० ले ‘इन्डियन कार अफ दि इयर’ अवार्ड जितेको छ ।
सन् २०२० मा उत्पादन भएका उत्कृष्ट कारहरु मध्येबाट दिइएको उक्त अवार्ड किया सोनेट र महिन्द्रा थारलाई पछि पर्दै हुन्डाई आई २० ले हात पारेको हो ।
जुरीको मतका आधारमा छनोट भएको कार अफ दि इयरमा १०४ अंकसहित हुन्डाई आई २० पहिलो, ९१ अंकसहित किया सोनेट दोस्रो र ७८ अंकसहित महिन्द्रा थार तेस्रो भएको हो ।
नयाँ जेनेरेशन प्रिमियम ह्याचव्याक कार आई २० निकै उत्कृष्ट डिजाइनमा तयार भएको कार हो । यो सूचीमा होन्डा सिटी, हुन्डाई अउरा, हुन्डाई नयाँ जेनेरेशन क्रेटा, किया कार्निभल, किया सोनेट, महिन्द्रा थार, एमजी गोलस्टर र टाटा अल्ट्रोज रहेका थिए ।
यो कार आगामी बैशाखमा नेपालमा ल्याउने तयारी भइरहेको बहुप्रतीक्षित कार हो ।