काठमाडौं, ७ जेठ –काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले २५ हजार मत ल्याएको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले २५ हजार १ सय ५२ मत ल्याएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीले १७ हजार ७ सय १० मत ल्याएका छन् । त्यस्तै, विवेकशिल नेपाली पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार १ सय ४७ ल्याईन् ।
साझा पार्टीका उम्मेदवार किशोर थापाले ७ हजार ६ सय ७१ र नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले २ हजार ८ सय ८० मत ल्याए ।