३१ जेठ २०८३, आइतबार

पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

फागुन १६, २०७७
पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आइतवार थप ७८ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ । 

मन्त्रालयका अनुसार, पछिल्लो २४  घन्टामा ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ४ सय ७ जना कोरोना संक्रमण मुक्त भएका  छन् । 

हाल मुलुकभर ९ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्