
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस रकम लिएको भन्दै नापी कार्यालय कञ्चनपुरका २ कर्मचारीविद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले आइतवार कञ्चनपूर नापी कार्यालय, सप्तरीमा कार्यरत हरिचन्द्रर ठाकुर र लेखनदास अरुण कुमार यादवले १५ हजार रुपैयाँ घुस लिएको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका पं्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।
उनका अनुसार, २ कर्मचारीले जग्गा कित्ताकाट प्रयोजनका लागि घुस लिएको पाइएको छ ।