
चितवन जिल्लाको माडीमा आगलागी हुँदा १ घर जलेर नष्ट भएको छ ।
माडी नगरपालिका–७ देवेन्द्रपुरको शिवालय मन्दिर नजिकका ४८ वर्षीय टोकप्रसाद गौडेलको घर आगलागीका कारण जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अचानक लाइटर पड्केर भएको आगलागीबाट उनको ढुंगामाटोले बनेको २ तले कच्ची घर जलेर नष्ट भएको हो । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी बताए ।
स्थानीय, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।