०४ असार २०८३, बिहीबार

सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

फागुन १७, २०७७
सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

प्रतिनिधि सभा पुनःस्थापनापछिको रणनीति तय गर्न पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाको एउटा पक्षको सचिवालय बैठक सिंहदरबारमा बसेको छ ।

बैठक सोमवार बिहान ८ बजेबाट संसद सचिवालयको भवनमा जारी रहेको हो ।

बैठकमा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिका बारेमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले छलफल गरिरहेका छन् ।

आजै सरकारले फागुन २३ गते दिनको ४ बजे संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने बताए पनि त्यसमा कानूनी र संवैधानिक अड्चनहरू देखिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्