
नेपालको पुरानो बियर ‘आइसबर्ग’ सोमवारबाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ ।
हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै ‘आइसबर्ग’ बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।
३ दशक अघिदेखि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताले नयाँ स्वादका साथ सेवन गर्न सक्ने जनाइएको । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने ‘आइसबर्ग’ बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।
हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिस्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ ।
‘विशेषगरी नेपाली युवालाई लक्षित गरेर ल्याइएको ७ प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो । यसको ६५० एमएलको बोतलको मूल्य २८५ रुपैयाँ कायम गरिएको छ,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ । यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ ।
आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै पुनः बजारमा नविन ढंगबाट ल्याइएको हो । कम्पनीले सोमवार विशेष कार्यक्रमको आयोजना गरी आइसबर्गको लम्च गरेको छ ।