![चुनाव आएपछि मतदातासँग प्रियंकाको ‘ट्राइबल डान्स’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/priyanka_WBvTj2iX4J.jpg)
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा आसाममा हुने विधानसभा चुनाव प्रचारका लागि गुवाहटी पुगेकी छन् ।
सोमवार गुवाहटी पुगेर प्रियंकाले माता कामाख्या देवीको मन्दिरमा दर्शन गरेकी छन् । त्यसपछि उनले स्थानीय लखिमपुर क्षेत्रमा मतदातासँग भेटवार्ता गरिन् भने ट्राइबल डान्स पनि गरिन् ।
प्रियंका आफ्नो २ दिवसीय यात्रामा विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । नेता कार्यकर्तासँग बैठकबाहेक मंगलवार तेजपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत छ ।
आसाममा यसपालि ३ चरणमा चुनाव हुँदैछ । २७ मार्च, १ अप्रिल र ६ अप्रिल गरी ३ दिन चुनाव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको परिणाम २ मईमा आउने छ ।
চাহ বাগানৰ যুৱক যুৱতী সকলৰ সৈতে আজি লক্ষীমপুৰত এনেদৰে ঝুমুৰ নৃত্যত অংশগ্ৰহণ কৰে নিখিল ভাৰত কংগ্ৰেছ কমিটিৰ সাধাৰণ সম্পাদিকা শ্ৰীমতী @priyankagandhi ডাঙৰীয়ানীয়ে#PriyankaGandhiWithAssam pic.twitter.com/5DSLggqd9X
— Assam Congress (@INCAssam) March 1, 2021