
संघीय संसद सचिवालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन सूचना प्रकाशित गरेको छ ।
सचिवालयका उपसचिव रामहरि थापाले सोमवार एक सूचना जारी गर्दै फागुन १९, २० र २१ गते खोप कार्यक्रम सञ्चालन हुने जनाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गरिएको छ । त्यसअघि नै सुरक्षात्मक उपाय अपनाउँदै सचिवालयले खोप अनिवार्य गरेको छ ।
फागुन १९ गते सभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरू, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखाका कर्मचारी, निजी सचिवालयमा कार्यरत कर्मचारीहरू लगायतलाई खोप लगाइने सूचनामा उल्लेख छ ।
