०८ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले गरे पोखरा रंगशाला अवलोकन

फागुन १७, २०७७
प्रधानमन्त्री ओलीले गरे पोखरा रंगशाला अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार पोखरा रंगशाला अवलोकन गरेका छन् । 

गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका उनले राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेतको हैसियतमा पोखरा रंगशालामा निर्माणाधीन विभिन्न खेलकुदका भौतिक संरचनाको अवलोकन गरेका हुन् । 

रंगशालामा उनलाई राखेप सदस्य सचिव, सदस्य, खेलकुदकर्मी लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

रंगशालामा निर्माण भइसकेका विभिन्न संरचनाप्रति खुशी व्यक्त गर्दै उनले निर्माणाधीन संरचना पूरा गर्न बजेटको अभाव हुन नदिइने आश्वासन दिए । 

ओलीको पोखरा रंगशाला अवलोकनपछि आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलकुदका पूर्वाधार निर्माणमा बल पुग्ने पोखरेलीको अपेक्षा छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय फूटबल रंगशाला, भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, टेनिस कोर्ट, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधार अवलोकन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्