२५ जेठ २०८३, सोमबार

अवैध २९ लाख भारतीय मुद्रासहित पक्राउ

कात्तिक २०, २०७४
अवैध २९ लाख भारतीय मुद्रासहित पक्राउ


काठमाडौँ, ७ जेठ - प्रहरीले २९ लाख ५९ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

अवैध भारतीय मुद्रा कारोबार गर्न ओसारपसार गरी ल्याएको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गुल्मी सिर्सेनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ रविभवन बस्ने कृष्ण श्रेष्ठलाई शनिबार पक्राउ गरेको हो ।

श्रेष्ठलाई कालिमाटीस्थित सोल्टीमोडबाट भारु एक हजार दरका र भारु ५०० दरका नोट साथमा लिई हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई उल्लेखित अवैध भारतीय मुद्रासहित आवश्यक अनुसन्धान र कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्