२२ असार २०८३, सोमबार

दूध बोच्न बजार खोज्दै सरकार

फागुन १८, २०७७
दूध बोच्न बजार खोज्दै सरकार

कृषि  तथा  पशुपन्छी विकास मन्त्रालयले बिक्री हुन नसकेको दूध तथा दुग्धजन्य पदार्थ बेच्न बजार खोज्न थालेको छ। त्यसका  लागि  मन्त्रालयले  गृह,  रक्षा  तथा शिक्षा मन्त्रालयलगायत अन्य निकायसँग छलफल सुरु  गरेको  छ।  
कृषि  मन्त्रालयले  यी  तीनवटै मन्त्रालयका  पदाधिकारी  तथा  त्यस  मातहतका निकायलाई बोलाएर छलफल गरी दूध तथा दुग्ध पदार्थ  खरिदका  लागि  आग्रह  गरेको  हो।
 नेपाली प्रहरी,  नेपाली  सेना,  सशस्त्र  प्रहरी,  विद्यालय  तथा क्याम्पसका विद्यार्थीका लागि दूध तथा दुग्ध पदार्थ खरिद  गर्नका  लागि  नीतिगत  निर्णय  गर्न  आग्रह गरिएको  मन्त्रालयका  सहसचिव  विमल  निर्मलले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्