१७ असार २०८३, बुधबार

‘मेक इन इन्डिया’ अभियानमा अमेरिकाको गम्भीर आपत्ति, नरेन्द्र मोदीको रणनीतिलाई धक्का

फागुन १८, २०७७
‘मेक इन इन्डिया’ अभियानमा अमेरिकाको गम्भीर आपत्ति, नरेन्द्र मोदीको रणनीतिलाई धक्का

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याएको ‘मेक इन इन्डिया’ अभियानप्रति अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडन प्रशासनले गम्भीर आपत्ति जनाएका छन् ।

बाइडन प्रशासनले अमेरिकी कांग्रेसमा बुझाएको रिपोर्टमा भारतको ‘मेक इन इन्डिया’ नीतिले अमेरिका–भारत द्विपक्षीय व्यापारमा चुनौती थपिएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ का लागि यूएस ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर) ले तय गरिएको व्यापार नीतिमा भारतको ‘मेक इन इन्डिया’ अभियानले अमेरिकी निर्यातकर्तालाई असर गरेको उल्लेख छ । 

नीतिमा उल्लेख छ, ‘भारत आफ्नो ठूलो बजार, आर्थिक वृद्धि र विकासका विविध अवसरका कारण अमेरिकी निर्यातकर्ताका लागि अनिवार्य बजार बनेको छ । तर भारतको व्यापारलाई सीमित गर्ने नीतिका कारण दुवै देशको व्यापारिक सम्बन्धमा विद्यमान सम्भावना कमजोर हुँदै गएका छन् । भारतले ‘मेक इन इन्डिया’ अभियानमार्फत आयात कम गर्नतिर जोड दिनुले द्विपक्षीय व्यापार सम्बन्धमा चुनौती देखिएको छ ।’

भारतका प्रधानमन्त्री मोदीले ‘मेक इन इन्डिया’मार्फत लगानी भित्र्याउँदै भारतमै उद्योग खोलेर उत्पादन बढाउने र विदेशी वस्तु आयात कम गर्ने नीति लिएका थिए । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीको नीतिलाई साथ दिए पनि नयाँ राष्ट्रपति बाइडन प्रशासनले अस्वीकार गर्ने संकेत देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्