१९ असार २०८३, शुक्रबार

‘नेपालीलाई कम्फर्टेबल सरकार चाहिएको हो, मलाई हटाउन त्यति सजिलो छैन’

फागुन १८, २०७७
‘नेपालीलाई कम्फर्टेबल सरकार चाहिएको हो, मलाई हटाउन त्यति सजिलो छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन् ।

ओलीले नेपालीको लागि ‘कम्फर्टेबल’ सरकार चाहिएको भन्दै भारतको लागि ‘कम्फर्टेबल सरकार चाहिएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइप्रति कटाक्ष गरे ।

मंगलवार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका हुन् ।

‘अस्तिको दिनमा बोल्दा पनि भनेको थिएँ – कसैले हटाउन सक्छ भने हटाओस् तर त्यति सजिलो छैन । आउँदो चुनावमा दुईतिहाइका साथ फेरि सिंहदरबारमा फर्किन्छु,’ ओलीले भने ।

आइतवार झापाबाटै ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका थिए ।  

प्रधानमन्त्री ओलीले २३ गतेबाट शुरू हुने प्रतिनिधि सभाको अधिवेशन राम्रोसँग चलाउन प्रयास गर्ने बताए । ‘प्रतिनिधिसभा व्यूँतियो मेरो काम प्रधानमन्त्रीको हैसियतमा अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गतेदेखि संसद राम्ररी अगाडि बढाउने प्रयास हुन्छ, सकारात्मक भूमिका हुन्छ,’ ओलीले भने, ‘म मुद्दा हाल्न गएको पनि छैन, राजनीति गर्ने मान्छे हो । दरखास्त हाल्न जाँदा निवेदन माग्न जाँदा नेपाली जनताकोमा जान्छु ।’

प्रधानमन्त्री ओलीले नेपालीको लागि कम्फर्टेबल सरकार जरुरी रहेको बताए । ‘छिमेकीसँग हामीले राष्ट्रियहीत, नक्सा, स्वाधीनता, स्वाभिमानलाई सुरक्षित राखेर मैत्रीपूर्ण सम्बन्ध राख्ने हो । विदेशीको लागि होइन नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, नेपाली जनतालाई कम्फर्टेबल सरकार,’ ओलीले भने ।  

salt training

कमेन्ट गर्नुहोस्