१७ असार २०८३, बुधबार

दुर्गा प्रसाईंको अस्पतालमा उपचार गराउन विदेशी आउने छन् : प्रधानमन्त्री ओली

फागुन १८, २०७७
दुर्गा प्रसाईंको अस्पतालमा उपचार गराउन विदेशी आउने छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बीएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् ।

उनले मंगलवार बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गरे ।

उनले अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशी समेत आउने अपेक्षा व्यक्त गरे ।

अर्को प्रसङ्गमा उनले प्रसाईंले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिए । उनले भने, ‘तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुईतिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।’

उनले फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्