०५ असार २०८३, शुक्रबार

यस्तो छ दलहरुको दोस्रो चरणको चुनाव तयारी

कात्तिक २०, २०७४
यस्तो छ दलहरुको दोस्रो चरणको चुनाव तयारी
काठमाडौँ, ८ जेठ -
कांग्रेस

दोस्रो चरणमा हुने ४६१ स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट १२ जेठसम्म सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । ‘ग्राउन्ड रियालिटी’ बुझेर जित्न सक्ने उम्मेदवार जो हुन सक्छ, त्यसलाई टिकट दिने हाम्रो तयारी छ,’ कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने । केन्द्रीयस्तरको घोषणापत्रसँगै स्थानीयस्तरमा घोषणापत्र तयार गर्ने र प्रचार–प्रसारको रणनीति बनाउन सर्कुलर जारी गरेको कार्कीले बताए । पार्टीलाई मुख्य केन्द्रबिन्दु बनाएर कमजोर स्थानमा तालमेलका लागि स्थानीय पार्टी समितिलाई नै अख्तियारी दिइएको उनले बताए, नयाँ पत्रिकामा खबर छ  ।election-final


एमाले

एमालेले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ । दुईवटा प्रदेशको उम्मेदवार टुंग्याइसकेको एमालेले बाँकी प्रदेशमा पाँच दिनभित्र छनोट सक्ने बताएको छ । उम्मेदवार टुंग्याउन एमालेले धमाधम प्रदेशको बैठक बोलाएको छ ।

माओवादी

दोस्रो चरणको निर्वाचनबारे रणनीति बनाउन प्रमुख सत्तारुढ माओवादी केन्द्रको कार्यालयको बैठक सोमबार बस्दै छ । प्रवक्ता पम्फा भुसालले आगामी निर्वाचन कसरी कसरी फलदायी बनाउने भन्नेमा पार्टीको ध्यान केन्द्रित भएको बताइन् ।

राप्रपा

दोस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्न राप्रपाले सोमबार बिहान कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठकमा अप्रत्याशित मत परिणाम, दोस्रो चरणको निर्वाचन पार्टीको पक्षमा पार्न के रणनीति अपनाउने, अन्य दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने प्रवक्ता रोशन कार्कीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्