
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बुधवार बिहान पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवको तर्फबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा रहेको वार्ता टोलीबीच काठमाडौंमा वार्ता भएको हो ।
वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021