
पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल नेतृत्वको नेकपाले संसदीय दलको सचेतकबाट हटाउने निर्णय भनी गरेको निर्णयलाई सचेतक शान्ता चौधरीले चुनौती दिएकी छन् ।
पाहुना आएकाहरूले आफूलाई घरबाट जा भन्न नसक्ने उनको टिप्पणी छ ।
‘हामी हाम्रो घारमा शानदार रूपमा बस्छौं । घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन्,’ चौधरीले बुधवार फेसबूकमा लेखेकी छिन् ।
यसअघि प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सचेतक चौधरीको जिम्मेवारी खोस्ने निर्णय गरेको थियो ।
हेर्नुहोस्, स्टाटस :