२५ जेठ २०८३, सोमबार

देवर वडाध्यक्ष, भाउजु सदस्य

कात्तिक २०, २०७४
देवर वडाध्यक्ष, भाउजु सदस्य
काठमाडौँ, ८ जेठ -स्थानीय तहको निर्वाचनमा नुवाकोटमा एकै घरका व्यक्ति उम्मेदवार बनेर विजयी भएका छन् ।
नगरपालिकामा देवर वडाध्यक्ष र भाउजू सदस्यमा निर्वाचित भएका छन् । बेलकोटगढी नगरपालिकाको वडा नं. १३ को वडाध्यक्षमा एमालेबाट निर्वाचित ३६ वर्षीय पशुपति लोहनी र विदुर नगरपालिका वडा नं. ४ को महिला सदस्य पदमा एमालेबाटै निर्वाचत ४५ वर्षीय रश्मी पाण्डे लोहनी सहोदर देवर भाउजू हुन् ।
वडाध्यक्षमा निर्वाचित लोहनीले बेलकोटगढी नगरको वडा नं. १३ मा ६ सय ३९ मत ल्याएर एक मतको अन्तरले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार धनबहादुर लामालाई पराजित गरी वडाध्यक्ष बनेका हुन् । उनकी भाउजू रश्मीले एमालेबाट आठ सय ५६ मत प्राप्त गरी विदुर नपा वडा नं. ४ मा प्रतिस्पर्धी कांग्रेसकी लिस्ना प्रधानलाई तीन सय ७५ मतान्तरले पराजित गरेकी हुन् , अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्