१० असार २०८३, बुधबार

टेबलमा सरकार–विप्लव, निर्णायक वार्ता आजै

फागुन २०, २०७७
टेबलमा सरकार–विप्लव, निर्णायक वार्ता आजै

सरकार र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच द्रुत गतिमा वार्ता प्रक्रिया प्रारम्भ भएको छ । 

दुवै पक्षको वार्ता टोलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार एकै दिन बिहान र साँझ वार्ता भएको हो ।

वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सरकारी पक्षले जनाएको छ । 

सरकार र विप्लव समूह दुवै पक्षबाट बुधवार तारन्तर वार्ता समिति गठन भएको थियो । 

सरकारी पक्ष र विप्लव नेतृत्वको समूहबीच औपचारिक रूपमा शुरू वार्तामा सहमतिमा पुग्न आवश्यक पर्ने मुख्य विषय वस्तुतर्फ केन्द्रित छ । 

दुक्ष्ए पक्षबीच दोस्रो तहमा सबै विषयमा सहमति जुटाएर बिहीवार निर्णायक वार्ता हुने सम्भावना रहेको उच्च स्रोतले जानकारी दिएको हो । 

सरकार र विप्लव समूहबीच यसअघिका अनौपचारिक वार्ताका क्रममा समेत धेरै विषयमा सहमतिनजिक पुगिसकेको बताइएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् 
 

salt training

कमेन्ट गर्नुहोस्