३१ जेठ २०८३, आइतबार

नयाँ सरकार गठनमा खुला छलफल

फागुन २०, २०७७
नयाँ सरकार गठनमा खुला छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

बैठकले दलहरूसँग सहकार्य गर्ने विषयमा निर्णय गर्न स्थायी कमिटी र सचिवालयलाई अधिकार प्रत्योजनसमेत गरेको छ । ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं, छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं । लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं । हामीले आगामी सरकारको नेतृत्वबारे पनि छलफलका लागि खुला रहने निर्णय गरेका छौं,’ रावलले भने । नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्