सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ ।
बालुवाटारमा बिहीवार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
सरकार र विप्लव नेकपाबीच बुधवारदेखि वार्ता भइरहेको थियो । बालुवाटारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको सरकारी वार्ता टोलीले विप्लवका प्रतिनिधिसँग वार्ता गरेको थियो ।
विप्लव नेकपाको तर्फबाट नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वार्ता टोलीको नेतृत्व गरेका छन् । बिहान ९ः२० बजेदेखि वार्ता शुरू भएको थियो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र विप्लवको टोलीमा उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेका छन् ।
यस्तो छ सहमति –