×

NMB BANK
NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न तयार भएको छ ।

Muktinath Bank

सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने गरी प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीलाई विस्थापित गरी आफ्नो नेतृत्वमा सरकार बनाउन देउवा तयार भएका हुन् ।


Advertisment
Nabil box
Kumari

नेकपाको प्रचण्ड-नेपाल समूहले गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएको थियो । प्रचण्ड-नेपाल समूहले उक्त अविश्वास प्रस्ताव परिमार्जन गर्न सकिने निर्णय गरिसकेको छ।

Vianet communication
Laxmi Bank

प्रचण्ड-नेपाललाई सहयोग गरेर जान भन्दा पनि वैकल्पिक सरकार बनाउन र नेतृत्व आफैं लिन देउवामाथि उनी निकट नेताहरूको दबाब थियो ।

बिहीवार बस्ने पदाधिकारी बैठकले अविश्वासको प्रस्तावबारे ठोस निर्णय गर्ने र शुक्रवार बस्ने संसदीय दलले त्यसलाई पारित गर्ने स्रोतको दाबी छ ।

बैठकमा नयाँ सरकार गठन र त्यसको नेतृत्व लिनेबारे छलफल हुने स्रोतले बतायो । सभापति शेरबहादुर देउवाले कांग्रेसको काँधमा सरकारको जिम्मेवारी आए नभाग्ने प्रतिक्रिया बुधवार नै दिएका थिए ।

सभापति देउवाका विश्वासपत्र मानिने केन्द्रीय सदस्य रमेश लेखकले संसदबाट सरकार नबन्ने अवस्था आए निकास दिन कांग्रेस तयार रहेको बताए ।

‘नेकपाको झगडाले सरकार नबन्ने अवस्था आयो भने विकल्प दिन हामी तयार छौं,’ नेता लेखकले लोकान्तरसँग भने ‘संसदीय व्यवस्थामा प्रतिपक्षी दललाई वेटिङ गभर्मेन्ट भनिन्छ ।’

आफ्नो नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरे नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टीले समर्थन गर्ने बुझाइमा देउवा पुगेका छन् ।

गत हप्तादेखि सभापति देउवाका प्रतिनिधिका रूपमा लेखक, कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल लगायतको टोली प्रचण्ड-नेपाल पक्षसँग निरन्तर संवादमा थियो । प्रचण्ड-नेपाल पक्षबाट वर्षमान पुन, जनार्दन शर्मा र स्वयं अध्यक्ष नेपाल संवादमा जुटिरहेका थिए ।

संवादमा सहभागी एक नेताले लोकान्तरसँग भने, 'हामीले विभिन्न चरणमा वार्ता र कुराकानी गरिरहेका छौं । प्रस्ट सहमति भने भइसकेको छैन । हामीबीच सरकार बनाउने मात्र होइन, सरकार सञ्चालनका विषय, नीति तथा कार्यक्रममा एकरूपता र अन्य धेरै विषयहरूमा छलफल भएको छ । छलफल सहमति नजिक पुगेको सत्य हो ।'

प्रचण्ड-नेपाल पक्षसँग भएको निरन्तर वार्ता सहमतिउन्मुख देखिएपछि देउवा उत्साहित भएका छन् । 'प्रतिगमनकारी ओलीलाई प्रधानमन्त्री रहिरहन नदिनेमा प्रचण्ड-नेपाल पक्ष एकढिक्का छ,' देउवानिकट स्रोतले भन्यो, 'प्रमुख प्रतिपक्षी भएको हिसाबले नयाँ सरकार गठनमा कांग्रेस जिम्मेवारपूर्ण ढंगले अघि बढ्छ । यसबारेमा प्रचण्ड र माधव नेपाल दुवैसँग भएको छलफल सहमतिउन्मुख छ ।'

तर नेताहरूले भने अहिलेसम्म कुनै सहमति नभएको दाबी गरिरहेका छन् । लोकान्तरसँग कुरा गर्दै नेता लेखकले नयाँ प्रधानमन्त्री को बन्ने भन्नेबारे कुनै सहमति नभएको जिकिर गरे ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि अहिलेसम्म कुनै सहमति नभएको बताए । नयाँ सरकार बनाउने विषयमा पदाधिकारी र संसदीय दलको बैठकले निर्णय गरेर अघि बढ्ने महतको भनाइ छ ।

यता प्रचण्ड-नेपाल समूहकी नेतृ पम्फा भुसालले पनि नयाँ ढंगले अविश्वासको प्रस्ताव लैजानेबारे कांग्रेससँग सहमति हुन बाँकी रहेको बताइन् ।

'हामी प्रतिगमनकारी सरकारविरुद्ध आन्दोलनमा आएका सबै शक्तिहरूसँग मिलेर सरकार बनाउने विषयमा स्पष्ट छौं तर कांग्रेससँग कुनै सहमति भइसकेको विषय मेरो जानकारीमा छैन,' भुसालले लोकान्तरसँग भनिन् ।

नेकपाको औपचारिक विभाजन नभएसम्म कुनै पनि पक्षसँग सहमति हुन नसक्ने निष्कर्ष निकालेको कांग्रेस आफ्नै नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउन तयार भएपछि नेपालको राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ ।

देउवाले केहीदिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीबाट ग्रीन सिग्नल पर्खिरहेका थिए । ओलीविरुद्ध पेश हुने अविश्वासको प्रस्तावमा तटस्थ बसेर पुनः संसद् विघटनको बाटोमा जाने पक्षमा रहेका देउवाले ओलीबाट सकारात्मक जवाफ पाएनन् ।

न त ओलीले देउवासँग पावर शेयरिङको प्रस्ताव नै राखे । ओलीबाट कुनै ठोस प्रस्ताव नआएपछि देउवा आफ्नै नेतृत्वमा ओलीलाई विस्थापित गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

बरू सार्वजनिक कार्यक्रममै ओली र ओली समूहका नेताहरूले कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित सरकारका विरुद्धमा बोलेका थिए । ओलीले प्रचण्ड-नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनिदिन भनेर ढोका चहारेको भन्दै आलोचना गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x