१२ असार २०८३, शुक्रबार

प्रश्नको सामना गर्न डराए बाइडन, बीचैमा काटियो लाइभ फीड (भिडियो)

फागुन २०, २०७७
प्रश्नको सामना गर्न डराए बाइडन, बीचैमा काटियो लाइभ फीड (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले बुधवार डेमोक्रेट सांसदहरूबाट प्रश्न लिनै लागेका बेलामा लाइभ फीडलाई ह्वाइट हाउसले काटिदिएको छ ।

राष्ट्रपति बनेदेखि अहिलेसम्म बाइडनले औपचारिक प्रेस सम्मेलन गरेका छैनन् । 

उनले सञ्चारकर्मीहरूका प्रश्नको उत्तर दिएका छन् तर सीमित मात्रामा । उनी थप पारदर्शी हुनुपर्ने भनी आलोचकहरूले बताएका छन् । 

बुधवार उनी डेमोक्रेट सांसदहरूको भेलामा सहभागी भएका थिए । महामारीका कारण भर्चुअल बैठक गरिएको थियो । 

सभामुख न्यान्सी पलोसीले अनुमति दिएपछि बाइडनले कोभिड–१९ राहत विधेयकका विषयमा कुरा गरे । त्यसबारेमा संसदमा बहस चलिरहेको छ ।

उनले यो विधेयक आवश्यक रहेको बताए अनि डेमोक्रेटहरूलाई आफ्ना जनतालाई यो कुरा बताउन आग्रह गरे । 

‘म प्रश्न लिन तयार छु । म यहाँ बसेकै त्यसका लागि हो,’ उनले बताए । 

‘तपाईंले जे भन्नुहुन्छ गर्छु ।’

त्यसपछि लाइभ फीड काटिन्छ । 
 

बाइडनलाई पूर्ण प्रेस सम्मेलन गराउन माग आइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्