३१ जेठ २०८३, आइतबार

म्यान्मार : एपीका पत्रकार थाइन जमाथि प्रहरीले गर्‍यो दमन (भिडियो)

फागुन २०, २०७७
म्यान्मार : एपीका पत्रकार थाइन जमाथि प्रहरीले गर्‍यो दमन (भिडियो)

एसोसिएटेड प्रेस (एपी) का पत्रकार थाइन जले लोकतन्त्र समर्थकहरूलाई सुरक्षाकर्मीहरूले गरेको दमनको तस्वीर खिच्दै गर्दा सुरक्षाकर्मीहरूले घेरेर कर्‍याप्प पारेर हतकडी लगाएको भिडियो सार्वजनिक भएको छ । 

ज र अन्य पाँच सञ्चारकर्मीहरूविरुद्ध सार्वजनिक व्यवस्था कानून उल्लंघन गरेको आरोप अधिकारीहरूले लगाएका छन् । त्यसका लागि तीन वर्षसम्मको जेल सजायको व्यवस्था छ । 

भिडियोमा ज सडकको छेउमा बसेर शनिवार तस्वीर खिचिरहेको देखिन्छ । सुरक्षाकर्मीहरूले यांगोनमा विरोधकर्ताहरूको एक समूहतर्फ दौडेको बेलामा उनले तस्वीर खिचेका थिए । 

प्रहरीहरू उनीतिर दौडन्छन् र उनी भाग्न खोज्छन् । कम्तीमा सातजनाले उनलाई घेर्छन् र कर्‍याप्प पार्छन् । उनलाई धक्कामुक्का दिन्छन् र तत्कालै हतकडी लगाउँछन् । एक प्रहरीले हतकडीमा समातेर उनलाई तान्छ । 

धेरै प्रहरीले लट्ठी बोकेको अनि केहीले बन्दूक र स्वचालित हतियार बोकेको देखिन्छ । 

गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि लोकतन्त्र समर्थकहरूले दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले लगातार दमन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्