०२ असार २०८३, मंगलबार

नगरपालिकाले गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराउने

फागुन २०, २०७७
नगरपालिकाले गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराउने

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ ।

धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउन लागिएको हो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि भ्रमण गराउन लागिएको जानकारी दिए ।

उनले गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने बताए ।
    
फागुन २२ गते शनिवारदेखि शुरू हुने ४ दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुनेछ । ‘नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्त्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रूपमा जानकारी दिने पथ प्रदर्शकको खाँचो छ,’ उनले भने, ‘गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्