
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेकपाबीच भएको सम्झौता स्वागतयोग्य भएको जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले सरकारले सांसद रेशम चौधरी लगायत राजबन्दीलाई समेत रिहा गर्नुपर्ने माग गरेका छन् ।
उनले लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारु विद्रोहका सबै राजबन्दीहरूलाई रिहाइ गरेर उनीहरूसँग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्बोधन गरोस् । संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है ! नत्र जो होचो उसको मुखमा घोचो हुनेछ ।’
सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ!यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्! संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है!नत्र जो होचो उसको मुखमा घोचो हुनेछ!
— Baburam Bhattarai (@brb1954) March 4, 2021