१० असार २०८३, बुधबार

पाकिस्तान : प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याइँदै, के होला भविष्य ?

फागुन २०, २०७७
पाकिस्तान : प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याइँदै, के होला भविष्य ?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्नका लागि शनिवार संसद् सत्र बोलाइएको छ ।

विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले संसद् सत्र शनिवार दिउँसो सबा १२ बजे संसद् बैठक बस्ने बताएका छन् । 
 

इमरानले आज साढे ७ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने संसदीय मामिला सल्लाहकार डा बाबर अवानले बताए । 

बुधवार बेलुका सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने बताए । इस्लामाबादमा सिनेटको सीटमा सत्तारूढ दल पीटीआई पराजित भएपछि इमरान खानले विश्वासको मत लिन लागेका हुन् । 

विपक्षी दलका उम्मेदवार युसुफ रजा गिलानीले उक्त सीट जितेका थिए ।

इमरान खानले अविश्वास प्रस्तावमा विजय प्राप्त गरेनन् भने मुलुकमा अस्थिरता छाउने विश्लेषकहरूको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्